माइक्रो बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
चितवन | असार १०, २०८०
चितवन: पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका, ४ मनकामना केवलकार नजिकै माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज आइतबार दिउँसो २ बजे काठमाडौंबाट जाँदा गरेको बा ३ ख ९४६० नम्बरको माइक्रो बसले र विपरीत दिशातर्फ आँउदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रुपन्देही कञ्चन गाउँपालिका १ बस्ने ३६ वर्षका हेमन्त कुमाल घाइते भएका थिए । घाइते कुमालको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने सवारी साधन र चालक मकवानपुर कैलाश गाउँपालिका २ घर भएका लुम्न सिंह मोक्तानलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

